भीम रावलले भने- लिम्पियाधुरा, लिपुलेक र कालापानीबाट भारतीय सेना हट्नु पर्छ
काठमाडौं, साउन २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीमबहादुर रावलले नेपाली भूमिबाट भारतीय सेना हट्नु पर्ने बताएका छन्।&nb....

काठमाडौं, साउन २७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीमबहादुर रावलले नेपाली भूमिबाट भारतीय सेना हट्नु पर्ने बताएका छन्।
मंगलबार ट्वीटरमा ट्वीट गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका रावलले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय सेना हट्नु पर्ने बताएका हुन्। उनले प्रवुद्ध समूहको प्रतिवेदन अगाडि बढाउनु पर्नेमा पनि जोड दिएका छन्।
‘गौतम बुद्ध नेपालमा जन्मनु भएको तथ्य विपरीत भारतीय विदेशमन्त्रिले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्याएको छ। अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने र प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुपर्छ,’ उनले ट्वीटमा भनेका छन्।
गौतम बुद्ध नेपालमा जन्मनु भएको तथ्य विपरीत भारतीय विदेशमन्त्रिले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्याएको छ ।अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने र प्रबुध्द व्यक्ति समूहको प्रतिवेदन अगाडि बढाउनु पर्ने कुरामा जोड दिनु पर्छ ।
— Bhim Rawal, PhD (@BhimRawal179) August 11, 2020
भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएपछि त्यसको नेपालमा चर्को विरोध भएको थियो। चौतर्फी विरोधपछि भारतीय विदेश मन्त्रालयले बुद्ध नेपालमै जन्मिएकोमा कुनै शंका नरहेको स्पष्टिकरण दिएको थियो।
‘











