Kathmandu Press

बाँकेका थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २७ : बाँकेका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप २६ जनामा सं....

बाँकेका थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २७ : बाँकेका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप २६ जनामा संक्रमण पुष्टि भएको हो। 

संक्रमितमध्ये नेपालगन्ज उपमहानगरकाका १६, कोहलपुरका ५, जानकी गाउँपालिकाका १, राप्ती सोनारी गाउँपालिकाका १ र ठेगाना नखुलेका तीन जना रहेका जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। 

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ६ सय ६३ पुगेको छ।

प्रकाशित मिति: १५:०८ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्