जसपाका सांसद प्रदीप यादव कोरोनामुक्त
काठमाडौं, साउन २७ : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन्।
१२ दिनको आइसोसन बसाइपछि उनी मंगलबार कोरोना....

काठमाडौं, साउन २७ : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन्।
१२ दिनको आइसोसन बसाइपछि उनी मंगलबार कोरोनामुक्त भएका हुन्। सोमबार पुन परीक्षणको लागि गरिएको स्वाब संकलनको मंगलबार आएको रिपोर्टमा नेगेटिभ देखिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
यादवसँगै संक्रमण पुष्टि भएका उनका पिएसओ र चालकको भने दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ।
उनी गएको १६ साउनमा वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालाको परीक्षणबाट कोरोना पुष्टि भएपछि आफ्नै निवासमा आइसोलेसनमा बसेका थिए।
प्रकाशित मिति: १३:५७ बजे, मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











