Kathmandu Press

विधायन समितिबाहेक अन्य समितिको बैठक नराख्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

काठमाडौं, साउन २७ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमणको जोखिम बढेको भन्दै विधायन समितिबाहेक राष्ट्रियसभाका अन्य विषयग....

विधायन समितिबाहेक अन्य समितिको बैठक नराख्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

काठमाडौं, साउन २७ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमणको जोखिम बढेको भन्दै विधायन समितिबाहेक राष्ट्रियसभाका अन्य विषयगत समितिको बैठक नराख्न निर्देशन दिएका छन्। 

समितिका सभापतिलाई बोलाएर उनले जथाभावी बैठक नराख्न निर्देशन दिएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले जानकारी दिए।

'पूर्ण सावधानी अपनाउँदा समेत संक्रमणको जोखिम कायमै छ। अहिले विधायन समितिबाहेक अरुको बैठक नराखौँ भन्ने प्रस्ताव अध्यक्षबाट आयो,' विडारीले काठमाडौंप्रेससँग भने।

विधायन समितिबाहेक अरुलाई बैठक नराख्न भनेपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति विडारीले आपत्ति जनाएका थिए। बैठक कि सबै समितिको राख्नुपर्ने कि सबैको स्थगित गर्नुपर्ने प्रस्ताव आफूले राखेको उनको भनाइ छ।

'सबै समितिका महत्व आ आफ्ना ठाउँमा छ। विधायन समितिका सदस्यलाई कोरोना नलाग्ने अरुलाई चाहिँ लाग्ने त होइन होला। त्यसैले कि सबैको बैठक राखौँ कि सबैको स्थगित गरौँ भन्ने सुझाव मैले अध्यक्षलाई दिएको हुँ,' उनले भने। 

राष्ट्रियसभामा दीगो विकास तथा सुशासन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वास समिति, राष्ट्रिय सरोकार तथा समन्वय समिति र विधायन व्यवस्थापन समिति गरी चार वटा समिति छन्। 


 

प्रकाशित मिति: १३:५३ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्