रौतहटमा स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन २७ : रौतहटको गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हेटौँडा प्रयोगशालामा मंगलबार गर....

काठमाडौं, साउन २७ : रौतहटको गरुडा नगरपालिकाका स्वास्थ्यकर्मीसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
हेटौँडा प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा थप ११ जनामा संक्रमण पुष्टि भएको हो। समुदायमा कोरोना फैलिएको आशंकामा साउन २२ गते ७९ जनाको स्वाब संकलन गरी परीक्षणको लागि हेटौडा प्रयोगशाला पठाइएको थियो।
तीमध्ये मंगलबार आएको रिपोर्ट अनुसार एकमहिला सहित ११ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक आनन्द जयसवालले बताए।
प्रकाशित मिति: १३:४० बजे, मंगलबार, साउन २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











