Kathmandu Press

विश्वभर दुई कारोड भन्दा बढी कोरोना संक्रमित

काठमाडौं, साउन २७ : विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ। 

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, अहिलेसम्म दुई करोड ....

विश्वभर दुई कारोड भन्दा बढी कोरोना संक्रमित

काठमाडौं, साउन २७ : विश्वभर कोरोना भाइरस संक्रमितको संख्या दुई करोड नाघेको छ। 

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार, अहिलेसम्म दुई करोड ८९ हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ, भने ब्राजिलमा ३० लाख भन्दा बढी मानिसहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यस्तै भारतमा संक्रमितको संख्या २२ लाख पुगेको छ। 

विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७ लाख ३६ हजार एक सय ९१ पुगेको छ। जसमध्ये अमेरिकामा एक लाख ६३ हजार, ब्राजिलमा १ लाख १ हजार, मेक्सिकोमा ५३ हजार, बेलायतमा ४६ हजार, भारतमा ४५ हजार मानिसहरुको कोरोना कै कारण मृत्यु भइसकेको छ। 

कुल संक्रमित मध्ये हालसम्म विश्वभर १ करोड २२ लाख कोरोना संक्रमितहरु निको भइसकेका छन्।

प्रकाशित मिति: १३:०० बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्