Kathmandu Press

कोरोनाबाट एक जनाकाे मृत्यु भएपछि पाँचखालका दुई वडा सिल

काठमाडौं, साउन २७ : कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएपछि काँभ्रेको पाँचखाल नगरपालिकाका दुई वडा सिल गरिएका छन्।

सोमबार पाँचखाल न....

कोरोनाबाट एक जनाकाे मृत्यु भएपछि पाँचखालका दुई वडा सिल

काठमाडौं, साउन २७ : कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएपछि काँभ्रेको पाँचखाल नगरपालिकाका दुई वडा सिल गरिएका छन्।

सोमबार पाँचखाल नगरपालिका–१ अनेकोटकी ५० वर्षीया महिलाको ललितपुरको क्वार्कोस्थित किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्यु भएपछि पाँचखालका वडा नं. १ र २ सिल गरिएको मेयर महेश खरेलले बताए।

कोरोनाबाट मृत्यु भएकी महिला उपचारका लागि स्थानीय प्राथमिक उपचार केन्द्रमा पुगेकी थिइन्। उनी सार्वजनिक यातायात चढेरै उपचारका लागि गएको जनाएको छ।

त्यसैले पाँचखाल नगरपालिकाले सार्वजनिक यातायात पनि बन्द गरेको छ। एनको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन भइरहेको मेयर खरेलले बताए।

उनी निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे किस्ट अस्पताल पुगेकी थिइन। सोमबार बिहान ९ बजे मृत्यु भएको थियो।

अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकका अनुसार निमोनियाको उपचार गराउन आउँदा शंका लागेर कोरोना परीक्षण गरिएको थियो। कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको उनले बताए।

उनीसँगै पाँच जना अस्पताल आएको जनाएको छ। उनीहरुको पनि स्वाब संकलन गरिएको मेयर खरेलले बताए।

अनेकोटमा अतिआवश्यकबाहेक सबै सेवा बन्द गरिएको छ। उनको घर वरपरका स्थानीयवासीलाई सजकता अपनाउन अनुरोध गरेको उमेयर खरेलले बताए।

 

प्रकाशित मिति: १२:५६ बजे, मंगलबार, साउन २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्