Kathmandu Press

विप्लवका तीन कार्यकर्ता पक्राउ

तनहुँ, चैत १२ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन कार्यकर्ता पक्राउ परेका छन्।

तनहुँ प्रहरीले व्यास नगरपालिका&ndas....

विप्लवका तीन कार्यकर्ता पक्राउ
फाइल फोटो

तनहुँ, चैत १२ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन कार्यकर्ता पक्राउ परेका छन्।

तनहुँ प्रहरीले व्यास नगरपालिका–१४ केशवटारका भेषबहादुर सुनार, व्यास–६ शिशाघाटका सुनिल कुमाल र जुम्लाका अमर बुढालाई प्रक्राउ गरेको जनाएको छ । पक्राउ परेकामध्ये सुनार दलित मोर्चा तनहुँका अध्यक्ष, कुमाल अखिल क्रान्तिकारी लमजुङ जिल्लाका अध्यक्ष र बुढा जुम्ला जिल्ला सदस्य हुन्।

सुनार र कुमाललाई उनीहरूकै घरबाट र बुढालाई बन्दीपुर गाउँपालिका–५ याम्पाबाट सोमबार राति पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहले बताए।

पक्राउ परेकाहरूलाई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गराई अनुसन्धान थालिएको छ । उनीहरूका साथबाट चन्दा रसिद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले गत फागुन २८ गते चन्द समूहका जिल्ला सदस्य प्रेम शाहीलाई बन्दीपुर गाउँपालिका–१ बाट पक्राउ गरेको थियो। (रासस)

प्रकाशित मिति: १५:१५ बजे, मंगलबार, चैत १२, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्