Kathmandu Press

कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि आजदेखि काठमाडौं विश्वविद्यालय बन्द

काठमाडौं, साउन २७ : कोभिड –१९ को संक्रमण बढ्दै गएको अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा....

कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि आजदेखि काठमाडौं विश्वविद्यालय बन्द

काठमाडौं, साउन २७ : कोभिड –१९ को संक्रमण बढ्दै गएको अवस्थामा पूर्वसावधानी अपनाउन धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले आजदेखि १५ दिनका लागि बिदा दिएको छ। 

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुबोध शर्माले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण बढ्दै गएको कारण काठमाडौं उपत्यकालगायत काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल र बनेपा नगरपालिका क्षेत्रमा पनि संक्रमण बढ्ने सम्भावना दृष्टिगत गरी पूर्वसावधानीस्वरुप आजदेखि काठमाडौं विश्वविद्यालय मातहतका स्कूल (अत्यावश्यक र स्कूल अफ मेडिकल साइन्सेजबाहेक) सेवा १५ दिनसम्मका लागि स्थगन गरिएको जनाएका हुन्।

विश्वविद्यालय स्थगन भए पनि अनलाइन विधिबाट हाल जारी पठनपाठन भने सञ्चालन हुने  जनाइएको छ। 

प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्