Kathmandu Press

गोंगबु घटना : स्लिपिङ ट्याबलेट खुवाई संवेदनशील अंगमा प्रहार गरी हत्या

काठमाडाैं, साउन २७ : आइतबार  बिहान गोंगबुमा सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा कल्पना मुडभरी पौडेलको संलग्नता रहेको प....

गोंगबु घटना : स्लिपिङ ट्याबलेट खुवाई संवेदनशील अंगमा प्रहार गरी हत्या

काठमाडाैं, साउन २७ : आइतबार  बिहान गोंगबुमा सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा कल्पना मुडभरी पौडेलको संलग्नता रहेको पाइएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै बोहोराको हत्यामा संलग्न पौडेललाई सार्वजनिक गरेको हो।शनिबार राति कल्पनाको कोठामा पुगेका बोहोरा र पौडेलले सँगै बसेर  बियर खाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। साथै बियरको नसा चढ्दै गएपछि पौडेलले दहिमा स्लिपिङ ट्याबलेट हालेर बाेहाेरालाई खुवाएको पाइएको छ। 

पौडेलले प्रहरी बयानमा बोहोरालाई स्लिपिङ ट्याबलेट खानदिएर सुतेपछि हथौडाले संवेदनशील अंगमा प्रहार गरी मारेको स्वीकारेकी छन्। पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच फेसबुकबाट चिनजान भएको बताए। 

कृष्णबहादुरले पछि नक्कली फेसबुक बनाएर महिलाका निर्वस्त्र तस्बिर सार्वजनिक गर्न थालेपछि उनले हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको हाे। महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न पौडेलले टाउको र खुट्टा काटेकी थिइन्। हत्या गर्दा पौडेलका १५ वर्षीया छोरी र १३ वर्षका छोरा साथमै थिए। 

बोहराको शव टुक्रा पारेर व्यवस्थापन गर्न पौडेलले २ वटा खुकुरीको प्रयोग गरेको प्रहरीले जनाएको छ। शव व्यवस्थापनपछि चितवनस्थित माइतीघर पुगेकी पौडेललाई प्रहरीले सोमबार साँझ पक्राउ गरी काठमाडौं ल्याएको हो। 

प्रहरीले घटनास्थलबाट घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा,  घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु, स्लिपीङ ट्यावलेटको खोल र मोवाइल सेटहरु बरामद गरेको छ।

प्रकाशित मिति: १२:०४ बजे, मंगलबार, साउन २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्