Kathmandu Press

विराटनगरको एउटै वडाका २३ जनामा कोरोना संक्रमण

विराटनगर, साउन २७ : मोरङको विराटनगर महानगरपालिकामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

मंगलबार बिहान गरिएको परीक्षणमा विराटनगर महा....

विराटनगरको एउटै वडाका २३ जनामा कोरोना संक्रमण

विराटनगर, साउन २७ : मोरङको विराटनगर महानगरपालिकामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

मंगलबार बिहान गरिएको परीक्षणमा विराटनगर महानगरपालिका-९ मा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको  मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए। योसँगै वडा नं. ९ मा कोरोना संक्रमितको संख्या ५० पुगेको छ।

सोमबार नौ जनामा कोरोना संक्रमण देखिएको थियो। उनीहरुको सम्पर्कमा आएका व्यक्तिको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको प्रजिअ निरौलाले बताए।यो वडामा कोरोनाबाट दुई जनाको ज्यान गइसकेको छ। संक्रमितहरु थपिँदै गएपछि वडा नै सिल गरिएको छ। आइतबार साँझदेखि ७२ घन्टाका लागि वडा सिल गरिएको वडा कार्यालयले जनाएको छ।

यो वडामा अत्यावश्यक कामबाहेक आवतजावत पनि बन्द गरिएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए। कार्कीका अनुसार मंगलबारसम्म विराटनगर महानगरपालिकाभित्र तीन सय १३ जनामा कोरोना संक्रमण देखिउको छ। उनीहरुमध्ये ६९ जना निको भइसकेका छन्।

प्रकाशित मिति: ११:१४ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्