पर्सा र बाराका थप ५५ जनामा कोरोना संक्रमण
वीरगञ्ज, साउन २७ : नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा र बाराका ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
गएराति आएको परी....

वीरगञ्ज, साउन २७ : नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्सा र बाराका ५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
गएराति आएको परीक्षण रिपोर्टमा पर्साका ५२ र बाराका तीन जनामा कोरोना देखिएको हो। उनीहरुमध्ये १७ जना महिला र ३५ जना पुरुष रहेको नारायणी अस्पतालका डा.निरजकुमार सिंहले बताए।
त्यस्तै, संक्रमितमध्ये नौ जना प्रहरी रहेको नारायणी अस्पतालले जनाएको छ। संक्रमण देखिएका प्रहरीमा विर्ता वडा प्रहरी कार्यालयका आठ र जिल्ला प्रहरी कार्यालय, पर्साका एक जना रहेका छन्।
डा.सिंहका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्दा २७ जना संक्रमित भेटिएका हुन्। संक्रमितमध्ये पाँच जनामा ज्वरो र खोकीको रहेको अस्पतालले जनाएको छ।
यस्तै, संक्रमितमध्ये पाँच जना नारयाणी अस्पतालका कर्मचारी रहेका छन्। एक जना कृषि सामग्री प्रालिका कर्मचारी रहेको अस्पतालले जनाएको छ। अन्य भने सबै सर्वसाधारण रहेका छन्।











