Kathmandu Press

कोरोना संक्रमणबाट धनुषामा एक बृद्धकाे मृत्यु

जनकपुर, साउन २७ : कोरोना भाइरसको संक्रमणबाट आईसीयूमा उपचाररत धनुषाका एक बृद्धको मृत्यु भएको छ।

विदेह नगरपालिका–८ का ६० वर्षीय बृद्धको ....

कोरोना संक्रमणबाट धनुषामा एक बृद्धकाे मृत्यु

जनकपुर, साउन २७ : कोरोना भाइरसको संक्रमणबाट आईसीयूमा उपचाररत धनुषाका एक बृद्धको मृत्यु भएको छ।

विदेह नगरपालिका–८ का ६० वर्षीय बृद्धको गएराति कोरोना संक्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए। जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा उनको मृत्यु भएको हो।

उनी १८ दिन अघि अस्पताल भर्ना भएका थिए। उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। गएराति उपचारकै क्रममा मृत्यु भएको कोभिड–१९ अस्पतालका संयोजक डा.जामुनप्रसाद सिंहले बताए। उनी डा.सिंहका अनुसार उनी क्षयरोगबाट पीडित थिए।

उनको कुनै ट्राभल हिस्टी छैन। यसले धनुषामा समुदायस्तरमै कोरोना संक्रमण भएको पुष्टि हुने प्रजिअ भट्टराईको भनाइ छ।

योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। त्यस्तै, देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ।

उनको शव कोभिड अस्पतालमा राखिएको छ। सुरक्षाकर्मीको टोलीले व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०९:४९ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्