Kathmandu Press

हवाई उडान र लामो दुरीका सवारी भदौं १५ गतेसम्म नखुल्ने 

काठमाडौं, साउन २७ :  सरकारले कोरोना संक्रमणको जोखिम वढेसँगै लामो दूरीका यातायात र बाह्य तथा आन्तरिक हवाई उडान सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक ल....

हवाई उडान र लामो दुरीका सवारी भदौं १५ गतेसम्म नखुल्ने 

काठमाडौं, साउन २७ :  सरकारले कोरोना संक्रमणको जोखिम वढेसँगै लामो दूरीका यातायात र बाह्य तथा आन्तरिक हवाई उडान सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्र थप १५ दिन नखोल्ने निर्णय गरेको हो ।

कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पूरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

बैठकले सीमा नाकामा पनि अवैध आवतजावत जारी रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको छ । साथै उपत्यका प्रवेश गर्ने नाकामा पनि कडाई गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: ०७:११ बजे, मंगलबार, साउन २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्