Kathmandu Press

विश्वविद्यालय विसंगतिपूर्ण द्वन्द्वको खेल मैदान बन्नु दुःखद् : कांग्रेस 

काठमाडौं, साउन २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पोखरा विश्वविद्यालयमा अनशन बसेका विद्यार्थीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ....

विश्वविद्यालय विसंगतिपूर्ण द्वन्द्वको खेल मैदान बन्नु दुःखद् : कांग्रेस 

काठमाडौं, साउन २६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पोखरा विश्वविद्यालयमा अनशन बसेका विद्यार्थीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

सोमबार प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी प्राज्ञिक गरिमा राख्न नसक्दा विश्वविद्यालय अन्वेषण र चिन्तनको थलो भन्दा विसंगतिपूर्ण द्वन्द्वको खेल मैदान बनेको भन्दै दुःख व्यक्त गरेका छन्। 

उनले  त्रिविमा पछिल्लो समयमा भइरहेको अनेक अनियमितता र चरम राजनीतिकरण एवं पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा १८ दिनदेखि जारी विद्यार्थीहरुको अनशनप्रति सरकारी बेवास्तालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन्। 

पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका कार्यकर्ता १८ दिनदेखि विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको माग गर्दै अनशनमा बसेका छन्।

हेर्नुस् विज्ञप्ति :


 

प्रकाशित मिति: १९:५४ बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्