Kathmandu Press

न्यायपालिकाभित्रको भ्रष्टाचार रोक्न प्रधानन्यायाधीशसँग नेपाल बारको माग

काठमाडौं, साउन २६ : नेपाल बार एसोसिएसनले न्यायपालिकाभित्र हुने भ्रष्टाचार रोक्नका लागि विषेश संयन्त्र बनाउन माग गरेको छ। बारले सर्वोच्च अदालतका प्रधान....

न्यायपालिकाभित्रको भ्रष्टाचार रोक्न प्रधानन्यायाधीशसँग नेपाल बारको माग

काठमाडौं, साउन २६ : नेपाल बार एसोसिएसनले न्यायपालिकाभित्र हुने भ्रष्टाचार रोक्नका लागि विषेश संयन्त्र बनाउन माग गरेको छ। बारले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरासँग न्याय क्षेत्रका विसंगति, विकृति, बिचौलिया र भ्रष्टाचार नियन्त्रणको लागि विषेश संयन्त्र गठन गर्न माग गरेको हो।

साथै, न्यायाधीश र बारकै पदाधिकारीहरुको सम्पत्ति छानविन गरी सार्वजनिक गर्न माग गरेको छ। ‘न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीको पारदर्शीरुपमा छानविन गरी सार्वजिक गर्ने व्यवस्था मिलाइयोस्,’ बारका महासचिव लीलामणि पौडेललेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुख्य न्यायाधीश, मुख्य भइ काम गर्ने न्यायाधीश वा न्यायाधीश नियुक्ति गर्दा निश्चित आधार, कारण र मापदण्डका आधारमा गरियोस्।’ 

सर्वोच्चबाट एकै प्रकृतिका मुद्दा फरकफरक बेन्चबाट सुनुवाइ भइरहेकाले फैसला फरक आएकाले फैसलामा एकरुपता दिन समिति गठन गर्न माग गरिएको हो। यस्तै न्यायाधीश नियुक्ति तथा न्यायालयमा हुने राजनीतिक हस्तक्षेपलाई निषेध गर्न पनि माग गरिएको छ। 

बारले आइतबार प्रधानन्यायाधीश जवरासँग विभिन्न १७ बुँदे ध्यानाकर्षणपत्र बुझाएको थियो।

प्रकाशित मिति: १८:२१ बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्