Kathmandu Press

गोंगबुमा सुटकेसमा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं, साउन २६ : गोंगबुमा आइतबार बिहान फेला परेको शवको सनाखत भएको छ।

गोंगबुको गणेशस्थान नजिकै सुटकेसमा फेला परेको टाउको बिनाको शव कृष्णबह....

गोंगबुमा सुटकेसमा भेटिएको शवको पहिचान खुल्यो

काठमाडौं, साउन २६ : गोंगबुमा आइतबार बिहान फेला परेको शवको सनाखत भएको छ।

गोंगबुको गणेशस्थान नजिकै सुटकेसमा फेला परेको टाउको बिनाको शव कृष्णबहादुर बोहोराको भएको खुलेको हाे। उनको पहिचान खुलेपनि उनी रोल्पाका हुन कि दाङमा भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ। 

टाउको काटिएको अवस्थामा सुटकेश भित्र शव फेलापरेपछि प्रहरीको तालिम प्राप्त कुकुरले शवको टाउको पत्ता लगाएको थियो।

सोमबारसम्म शवको सनाखत हुन नसकेपछि प्रहरीले तस्बिर सार्वजनिक गरेको केही समयपछिनै पहिचान खुलेको हो।

प्रकाशित मिति: १७:३० बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्