Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित

काठमाडौं, साउन २६ :  काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यक....

काठमाडौं उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित

काठमाडौं, साउन २६ :  काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ। संक्रमितमध्ये १६ हजार ४९३ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट अहिलेसम्म ७९ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १४० जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:२६ बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्