Kathmandu Press

कांग्रेसले भन्यो- कोरोना नियन्त्रणमा सरकार असफल भयो

काठमाडौं, साउन २६ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको छ। 

सोमबार प....

कांग्रेसले भन्यो- कोरोना नियन्त्रणमा सरकार असफल भयो
फाइल

काठमाडौं, साउन २६ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएको छ। 

सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसको कोभिड–१९ अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले कोरोना नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको आरोप लगाएका हुन्। 

‘कोभिड-१९ नियन्त्रणका लागि सरकारले बनाएको संयन्त्र पूर्णरुपमा असफल भएको छ,’ उनले भने,‘तत्काल कोरोना नियन्त्रणका लागि प्रभावकारी नेतृत्वलाई जिम्मेवारी दिइयोस्।’ 

कोरोनाले महामारीको रुप लिनसक्ने भएकाले आवश्यक संख्यामा भेन्टिलेटर, बेड, आईसीयू कक्ष, अक्सिजन र अन्य स्वास्थ्य उपकरणको तत्काल व्यवस्था मिलाउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ।

महतले कोरोनाको संक्रमण समुदायस्तरमा गइसकेकाले सम्भावित संक्रमित ठाउँलाई लक्षित गरेर परीक्षणको दायर बढाउन पनि माग गरे।  उनले कोरोना नियन्त्रणका लागि सीमामा प्रवेशमा कडाइका साथ रोक लगाउन माग गरे।

डा. महतले पूर्ण लकडाउन देशले धान्न नसक्ने भएकाले परीक्षणको नतिजाका आधारमा संक्रमित ठाउँमा लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

स्वास्थ्य मन्त्रालयमा समेत योग्यता, वरिष्ठता र व्यवसायिकतालाई बेवास्ता गर्दा नेतृत्व कोरोना नियन्त्रणमा अप्रभावकारी देखिएको महतको भनाइ छ।

प्रकाशित मिति: १६:१२ बजे, सोमबार, साउन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्