Kathmandu Press

कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या दुई हजार नाघ्यो

काठमाडौं, साउन २६ : कर्णाली प्रदेशका तीन जिल्लामा गत २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन....

कर्णाली प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या दुई हजार नाघ्यो

काठमाडौं, साउन २६ : कर्णाली प्रदेशका तीन जिल्लामा गत २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप २४ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये दैलेखका १७, सल्यानका ६ र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार तीन जना पुगेको छ। साथै, कोरोनामुक्त हुनेको संख्या १८ सय ८० पुगेको छ।

कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १६:०९ बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्