Kathmandu Press

धनुषामा मृत्यु भएका पुरुषमा काेराेना संक्रमण पुष्टि

काठमाडाैं, साउन २६ : धनुषामा शनिबार राति मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनासँग मिल्दो लक्षण देखिएका पुरुषको मृत्युपछि गरिएको स्व....

धनुषामा मृत्यु भएका पुरुषमा काेराेना संक्रमण पुष्टि

काठमाडाैं, साउन २६ : धनुषामा शनिबार राति मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोनासँग मिल्दो लक्षण देखिएका पुरुषको मृत्युपछि गरिएको स्वाब परीक्षणमा सोमबार संक्रमण पुष्टि भएको हो।

ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारको लागि लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ निवासी ४५ वर्षीय पुरुष बिनयतारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका थिए।

विदामा घर गएका उनी बिरामी परेपछि शनिबार राति उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति: १५:५१ बजे, सोमबार, साउन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्