Kathmandu Press

गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

नयाँ दिल्ली, चैत १२ : भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा गरिब परिवारलाई वार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइन....

गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

नयाँ दिल्ली, चैत १२ : भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा गरिब परिवारलाई वार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन्।

न्यूनतम आय योजना (न्याय) कार्यक्रम लागु गरेर गरिबीको रेखामूनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए।

पत्रकार सम्मेलनमा उनले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको बताए । गरिबीमा रहेकालाई न्यूनतम आय सुनिश्चत गर्नका लागि न्यूनतम आय योजना लागु गरिने अध्यक्ष गान्धीले बताए।

‘गत पाँच वर्ष जनता धेरै समस्याबाट ग्रसित भए, विषेशगरी गरिब जनता बढी प्रभावित भए, त्यसैले हामीले गरिब जनताका लागि यो योजना ल्याएका हौं,’ उनले भने।

अध्यक्ष गान्धीले आफ्नो पार्टीले ल्याएको न्यूनतम आय सुनिश्चत गर्ने योजना ऐतिहासिक भएको दाबी गरे । ‘अत्यन्त गरिब २० प्रतिशत परिवारलाई न्यूनतम आयका लागि कांग्रेसले सुनिश्चत गर्दछ, बैंक खातामै हामीले ७२ हजार रुपैयाँ हाल्दिन्छौं,’ उनले भने।

अहिले घोषणा गरेको योजनाका बारेमा अध्यक्ष गान्धीले झण्डै एक महिना अगाडि आयोजित एक चुनावी सभामा पनि चर्चा गरेका थिए।

यस योजनाबाट झण्डै पाँच करोड परिवार र २५ करोड जनता लाभान्वित हुने कांग्रेस नेताहरुले बताएका छन् । (एएनआई)

प्रकाशित मिति: १३:५३ बजे, मंगलबार, चैत १२, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्