भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण
काठमाडौं, साउन २६ : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको सोमबार ट्वीट गर्दै बताएका हुन्।
....
काठमाडौं, साउन २६ : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको सोमबार ट्वीट गर्दै बताएका हुन्।
उनले ट्वीटमार्फत भनेका छन्, 'यो पटक मेरो अस्पतालसम्मको यात्रा एक फरक तरिकाले हुँदैछ, मलाई कोरोना पोजेटिभ देखिएको छ।' साथै उनले एक हप्तादेखि आफ्नो सम्पर्कमा रहेका सबैलाई कोरोना परीक्षण गर्न सुझाव दिएका छन्।
यसअघि भारतका गृहमन्त्री अमित शाहलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।
भारतमा हालसम्म २२ लाख १५ हजार ७५ जना कोरोनाबाट संक्रमित भइसकेका छन्।
पछिल्लो २४ घन्टामा एक हजार सातजनाको कोरोना संक्रमणबाट निधन भएको छ। हालसम्म भारतमा कुल ४४ हजार तीन सय ८६ जनाको कोरोनाबाट निधन भइसकेको छ।
On a visit to the hospital for a separate procedure, I have tested positive for COVID19 today.
— Pranab Mukherjee (@CitiznMukherjee) August 10, 2020
I request the people who came in contact with me in the last week, to please self isolate and get tested for COVID-19. #CitizenMukherjee











