Kathmandu Press

मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, साउन २६ : ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।

कलंकी ट्याङ्लाफाँट निवास....

मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, साउन २६ : ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।

कलंकी ट्याङ्लाफाँट निवासी ६४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालले जानकारी दिए। 

निमोनिया र मधुमेहको रोगी ती पुरूष साउन १५ गते अस्पताल भर्ना भएका थिए। कोरोनाको आशंकामा उनको साउन १९ गते स्वाब संकलन गरी परीक्षण गरिएको थियो। साउन २१ गते आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो।

नेपाली सेनाको टोलीले ती पुरूषको शव व्यवस्थापन गर्ने तयारी गरेको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ।

प्रकाशित मिति: १३:५७ बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्