Kathmandu Press

देशभर तीन सय ६९ प्रहरी कोरोना संक्रमित, एक सय ४९ डिस्चार्ज

काठमाडौं, साउन २६ : देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या तीन सय ६९ पुगेको छ। 

हाल देशभर ३६९ प्....

देशभर तीन सय ६९ प्रहरी कोरोना संक्रमित, एक सय ४९ डिस्चार्ज

काठमाडौं, साउन २६ : देशको सुरक्षाको प्रमुख दायित्व बोकेका नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या तीन सय ६९ पुगेको छ। 

हाल देशभर ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतले ३६९ संक्रमित प्रहरीमध्ये १४९ जना निको भएर घर फर्किसकेको बताए। त्यस्तै, बाँकी रहेका दुई सय २० जनाको देशको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए।

कोरोनाको सक्रिय संक्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौं उपत्यकाका १४, प्रदेश नं १ का २१, प्रदेश नं २ का ३६, वागमती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश नं ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन्। कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन्।

प्रकाशित मिति: १३:३० बजे, सोमबार, साउन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्