Kathmandu Press

मोरङ जिल्ला अदालतका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २६ : जिल्ला अदालत मोरङका एक न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार गरिएको परीक्षणमा एक न्यायाधीशमा संक्रमण पुष्टि भएको हो।

न्यायाधीशमा संक्रमण पुष्टि भएपछि तीन दिनको लागि जिल्ला अदालत मोरङबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अदालतका श्रेष्तेदार ईश्वरमणि ओझाले बताए। उनले न्यायाधीशको सम्पर्कमा आएका ३५ देखि ४० जनाको स्वाब संकलन भइरहेको बताए। 

संक्रमण पुष्टि भएपछि उनलाई होम आइसोलेसनमा राखिएकाे छ। 

जिल्ला अदालत मोरङका सात जना न्यायाधीश जिल्ला बाहिर रहेको र बाँकी रहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि अदालतमा थुनछेक बहससमेत प्रभावित भएको छ।

यसअघि उच्च अदालत जनाकपुरको न्यायाधीश, उच्च अदालत राजविराज इजलासका न्यायाधीश र सार्वोच्च अदालका एक सवारी चालकमा संक्रमण पुष्टि भइसकेको छ। 
 
प्रकाशित मिति: १३:१५ बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्