Kathmandu Press

भट्टको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दर्ता

काठमाडौं, साउन २६ : लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टको नियुक्ति बदर गर्नुपर्ने मागसहितको उच्च अदालत पाटनमा रिट दर्ता भएको छ।

अदालतका रजिस्टार बाबुराम दाहालका अनुसार भट्टविरुद्धको रिट सोमबार दर्ता भएको हो।

गत १९ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरेको थियो। आइतबार अधिवक्ता जयबहादुर भुजेलले मन्त्रिपरिषद्को सो निर्णय कार्यान्वयन नगर्नु/नगराउनु भन्दै अन्तरिम आदेशको मागसहितको रिट लिएर अदालत पुगेका थिए। आइतबार भने समय अभाव र प्राविधिक कारणले गर्दा रिट दर्ता हुन नसकेकाे दाहाले बताए।

रिटमा भट्टको योग्यता र क्षमतामाथि प्रश्न उठाइएको छ। भट्टलाई बोर्डमा नियुक्ति गर्दा सो मापदण्ड नै नपुगेको रिटमा उल्लेख छ। यस्तै सो रिटको पहिलो पेसी भने मंगलबारका लागि तोकिएको रजिस्टार दाहालले जानकारी दिए ।

प्रकाशित मिति: १२:२० बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्