Kathmandu Press

कर्मचारीमा कोरोना देखिएपछि एभरेस्ट बैंकको मुख्य कार्यालय बन्द

काठमाडौं, साउन २६ : कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि एभरेस्ट बैंकको मुख्य कार्यालय बन्द गरिएको छ।

काठमाडौंस्थित एभरेस्ट बैंकको मुख....

कर्मचारीमा कोरोना देखिएपछि एभरेस्ट बैंकको मुख्य कार्यालय बन्द

काठमाडौं, साउन २६ : कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि एभरेस्ट बैंकको मुख्य कार्यालय बन्द गरिएको छ।

काठमाडौंस्थित एभरेस्ट बैंकको मुख्य कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोरोना देखिएको छ। कर्मचारीमा कोरोना देखिएपछि सोमबार र मंगलबारका लागि कारोबार बन्द गरिएको बैंकले जनाएको छ।

शनिबार लाजिम्पाटस्थित सबै कर्मचारीको परीक्षण गराउँदा दुई जना कर्मचारीमा पोजिटिभ देखिएको थियो। दुवै कर्मचारीलाई आइसोलेसनमा राखिएको छ।

आइतबार बैंकको मुख्य कार्यालय ‘डिसइन्फेक्टेड’ गरिएको छ। त्यसैले दुई दिनका लागि सेवा बन्द गरिएको हो। बुधबारदेखि मुख्य कार्यालयबाट सेवा सुरु हुने बैंकले जनाएको छ।

मुख्य कार्यालय बन्द भएपनि शाखा कार्यालयबाट भने सेवा नियमित सञ्चालन भइरहेको छ। मुख्य कार्यालय बन्द भएकाले शाखा कार्यालयबाट सेवा लिन बैंकले आग्रह गरेको छ।

प्रकाशित मिति: १२:१९ बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्