अध्यागमन विभागका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागको सबै सेवा बन्द
काठमाडौं, साउन २६ : अध्यागमन विभागका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागले केही दिनको लागि भिसालगायतक....

काठमाडौं, साउन २६ : अध्यागमन विभागका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागले केही दिनको लागि भिसालगायतका सबै सेवा बन्द गरेको छ।
विभागले शुक्रबार कार्यालयका सबै कर्मचारीहरुको कोरोना परीक्षणको लागि स्वाब संकलान गराएको थियो। विभागका ५६ जनामा गरिएको परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको हाे।
संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङको आधारमा फेरि अन्य कर्मचारीको परीक्षण गर्न केही दिनको लागि विभागबाट प्रदान गरिने सेवा बन्द गर्ने निर्णय गरेको विभागका महानिर्देशक रमेश कुमार केसीले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयस्थित अध्यागमन कार्यालयका कर्मचारीमा गरिएको परीक्षणको भने सबैको रिपोर्ट नेगेटिभ आएको विभागले जनाएको छ।











