Kathmandu Press

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २६ : महानगरीय प्रहरी कार्यालय, रानीपोखरीस्थित कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार राति आएको रिपोर्ट....

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका तीन प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २६ : महानगरीय प्रहरी कार्यालय, रानीपोखरीस्थित कार्यरत तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार राति आएको रिपोर्ट अनुसार प्रहरी कन्ट्रोलमा कार्यरत थप तीन जनामा संक्रमण देखिएको हो। 

रानीपोखरीको प्रहरी कन्ट्रोलमा एक सयभन्दा बढी प्रहरी कार्यरत छन्।

संक्रमण पुष्टि भएका प्रहरीलाई आइसोलेसनमा राखिएको छ। 

संक्रमितको सम्पर्कमा रहेका अन्यको कन्ट्र्याक्ट ट्रेसिङ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: ११:४१ बजे, सोमबार, साउन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्