Kathmandu Press

बाजुरामा बाढीले घर र बेलिब्रिज बगायो, एक जना बेपत्ता

बाजुरा, साउन २६ : दुई दिनदेखिको अविरल वर्षासँगै गएराति आएको बाढीले घर बगाउँदा बाजुरामा एक जना बेपत्ता भएका छन्। बाढीले केही घर र बेलिब्रिज बगाएको छ।

बाजुरामा बाढीले घर र बेलिब्रिज बगायो, एक जना बेपत्ता
रासस

बाजुरा, साउन २६ : दुई दिनदेखिको अविरल वर्षासँगै गएराति आएको बाढीले घर बगाउँदा बाजुरामा एक जना बेपत्ता भएका छन्। बाढीले केही घर र बेलिब्रिज बगाएको छ।

बुढीगंगा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका–२ मा घर बगाएको हो। घर बगाउँदा ६५ वर्षीय अइसेनी महत बेपत्ता भएकी छन्। उनको खोजी भइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।

Hardik ivf

उनका अनुसार बुढीगंगा नदीमा आएको बाढीले बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा क्षति पुर्‍याएको छ। दुवै स्थानीय तहमा एक दर्जनभन्दा बढी घर बगाएको प्रजिअ गैह्रेले बताए।

बाढी आएको थाहा पाएपछि स्थानीय वासिन्दाले घर छोडेका थिए। जसले गर्दा मानवीय क्षतिबाट जोगिएको उनले बताए। बाढीले क्षति पुर्‍याएको गाउँमा सेना र प्रहरी परिचालन गरिएको छ।

त्यस्तै, बाढीले साफेबगर–मार्तडी सडकअन्तर्गत बुढीगंगा नदीमाथि बनाएको बेलिबिज्र पनि बगाएको छ। बेलिब्रिज बगाएपछि आवतजावत अवरुद्ध भएको छ। वर्षा जारी रहेकाले उद्धारमा पनि कठिनाइ भइरहेको प्रजिअ गैह्रेले बताए।

प्रकाशित मिति: १०:४१ बजे, सोमबार, साउन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्