स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कपिलवस्तु अस्पताल सिल
बुटवल, साउन २६ : स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कपिलवस्तु अस्पताल सिल गरिएको छ।
पछिल्लो समय स्वास्थ्यकर्मीमा कोरोना भाइरसक....

बुटवल, साउन २६ : स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि कपिलवस्तु अस्पताल सिल गरिएको छ।
पछिल्लो समय स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिने क्रम बढेको छ। कपिलवस्तु अस्पतालका विभिन्न वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको हो।
कोरोना थप फैलिन नदिन अस्पताल सिल गर्नुपरेको प्रमुख जिल्ला अधिकारी दीघनारायाण पौड्यालले बताए। अहिले आकस्मिकबाहेकका सेवा बन्द गरिएका छन्।
आइतबार आएको परीक्षण रिपोर्टमा अस्पतालमा कार्यरत एक नर्सिङ कर्मचारी, एक ल्याब फाँटमा कार्यरत कर्मचारी, ऐक्स–रे र ओपीडीमा काम गर्ने कर्मचारीमा कोरोना देखिएको थियो। उनीहरुलाई आइसोलेसनमा राखिएको छ।
अन्य कर्मचारी र सेवाग्राहीमा संक्रमण फैलिन नदिन आकस्मिकबाहेकका सेवा बन्द गर्नुपरेको अस्पतालका सुपरिन्टेन्डेन्ट डा.किशोर बन्जाडेले बताए।











