Kathmandu Press

१७ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ, साउन २६ : बागलुङको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

सुत्केरी व्यथा लागेकी १७ वर्षी....

१७ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङ, साउन २६ : बागलुङको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

सुत्केरी व्यथा लागेकी १७ वर्षीया लक्ष्मी गुरुङलाई शुरुमा स्थानीय भिमगिठे स्वास्थ्य चौकी लगिएको थियो। नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केको थियो।

स्वास्थ्य चौकीमा सुत्केरी गराउन सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ रिफर गरिएको थियो। बुर्तिवाङमा पनि सुत्केरी हुन नसकेपछि उनीलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखाका चूणामणि कँडेलले बताए।

उनलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले हेलिकप्टरमार्फत उद्धार गरेको हो। उनलाई हेलिकप्टरमार्फत गण्डकी अस्पताल पोखरा लगिएको छ।

गर्भवतीको साल पहिलै निस्कदा शिशुको ज्यान जोखिममा पर्ने भएकाले तत्कालै उद्धार गर्नुपरेको धौलागिरि अस्पताल बागलुङका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.सौगात कोइराला बताए। उनका अनुसार यस्तो अवस्थामा तुरुन्तै शल्यक्रिया गरेर शिशु निकाल्नुपर्ने हुन्छ। (रासस)

प्रकाशित मिति: १०:०५ बजे, सोमबार, साउन २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्