कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु
वीरगञ्ज, साउन २६ : कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीकी ४५ वर्षीया महिलाक....

वीरगञ्ज, साउन २६ : कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ।
वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीकी ४५ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको थियो। मृत्यु भएपछि उनको स्वाब संकलन गरिएको थियो।
आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजिटिभ देखिएको नारायणी अस्पतालले जनाएको छ। नारायणी कोरोना विशेष अस्पताल गण्डकका संयोजक डा.उदयनारायण सिंहका अनुसार उनी उच्च रक्तचाप र थाइराइडबाट पीडित थिइन्।
उनलाई श्वासप्रश्वासमा समस्या भएपछि कोभिड अस्पताल भर्ना गरिएको थियो। राम्रोसँग उपचार गर्न नपाउँदै उनको मृत्यु भएको डा.सिंहले बताए। उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको जनाएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ। आइतबारसम्म कोरोनाबाट ७५ जना मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो।
सोमबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नौ सय ७२ पुगेको छ। उनीहरुमध्ये १६ हजार तीन सय ५३ जना निको भएका छन्।











