देउवाले गरे १२ विभागमा ४५७ जना मनोनयन
काठमाडौं, साउन २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु सहित ४ सय ५७ जनालाई मनोनयन गरेका छन्....

काठमाडौं, साउन २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु सहित ४ सय ५७ जनालाई मनोनयन गरेका छन्।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार राति जारी विज्ञप्तिमा देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम आइतबार नेपाली कांग्रेस केन्द्रीय विभागहरुमा उपप्रमुख, सचिव, सदस्यहरु मनोनयन गरिएको जनाएका छन्।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टी व्यक्त गर्दै पार्टी सभापतिलाई एकलौटी नियुक्ति रोक्न माग गरिरहेका बेला सभापतिले ठूलो संख्यामा थप नियुक्ति गरेका हुन्।
प्रकाशित मिति: ०७:०४ बजे, सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











