Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या २२ लाख नाघ्यो

काठमाडौं, साउन २६ : भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म भ....

भारतमा कोरोना संक्रमितको संख्या २२ लाख नाघ्यो

काठमाडौं, साउन २६ : भारतमा पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा एकै दिन ६२ हजार ११७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा संक्रमितको संख्या २२ लाख १४ हजार १३७ पुगेको छ । 

संक्रमितमध्ये अहिलेसम्म १५ लाख ३४ हजार २७८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३५ हजार ३९३ जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा १०९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४४ हजार ४६६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति: ०६:४४ बजे, सोमबार, साउन २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्