बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु
नेपालगञ्ज, साउन २५ : बाँकेमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
कोरोनाको संक्रमणबाट कोहलपुर नगरपालिका वडा नम्बर २ की ....

नेपालगञ्ज, साउन २५ : बाँकेमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
कोरोनाको संक्रमणबाट कोहलपुर नगरपालिका वडा नम्बर २ की ७० वर्षीया महिलाको उपचारका क्रममा आइतबार दिउँसो तीन बजे मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि कोहलपुर मेडिकल कलेजमा केही दिनअघि भर्ना भएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।
अस्पताल भर्ना हुनासाथ ती महिलाको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। योसँगै बाँकेमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।
प्रकाशित मिति: १८:३८ बजे, आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











