Kathmandu Press

पीएसओमा कोरोना पुष्टि भएपछि विष्णु पौडेल आइसोलेसनमा

काठमाडौं, साउन २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका आइसोलेसनमा बसेका छन्। 

अंगरक्षकमा कोरोना भाइरसको संक....

पीएसओमा कोरोना पुष्टि भएपछि विष्णु पौडेल आइसोलेसनमा

काठमाडौं, साउन २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका आइसोलेसनमा बसेका छन्। 

अंगरक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखि भैँसेपार्टीस्थित निवासमै आइसोलेसनमा बसेका हुन्।

‘म निवासमै आइसोलेसनमा छु। मेरो पीसीआर रिपोर्ट चाहिँ नेगेटिभ आइसकेको छ,’ पौडेलले काठमाडौंप्रेससँग भने।  

शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा अंगरक्षकमा संक्रमण पुष्‍टि भएपनि पौडेलको रिपोर्ट भने नेगेटिभ आएको छ। कोरोना संक्रमण पुष्टि भएका उनका पीएसओलाई आइतबारै प्रहरी अस्पतालमा भर्ना गरिएको छ। 

प्रकाशित मिति: १७:०१ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्