Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ९२ जना कोरोना संक्रमित

काठमाडौं, साउन २५ :  काठमाडौं उपत्यकामा थप ९२ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यका....

काठमाडौं उपत्यकामा थपिए ९२ जना कोरोना संक्रमित

काठमाडौं, साउन २५ :  काठमाडौं उपत्यकामा थप ९२ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। संक्रमितहरु काठमाडौंका ९० र ललितपुरका दुई जना रहेका छन्। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। संक्रमितमध्ये १६ हजार ३५३ जना निको भएर घर फर्किएका छन्।  प्रवक्ता गौतमका अनुसार आइतबारमात्रै कोरोनालाई जितेर ४० जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:२९ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्