थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, साउन २५ : नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार विभिन्न प्रयोगशालमा गरिएको परीक....

काठमाडौं, साउन २५ : नेपालमा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ। संक्रमितमध्ये १६ हजार ३५३ जना निको भएर घर फर्किएका छन्।
प्रवक्ता गौतमका अनुसार आइतबारमात्रै कोरोनालाई जितेर ४० जना घर फर्किएका छन्।
प्रकाशित मिति: १६:२३ बजे, आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











