Kathmandu Press

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन- कर्मचारीलाई घरबाटै काम लगाउनू

काठमाडौं, साउन २५ :  कोरोना संक्रमणको जोखिम बढेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गराउन निर्देशन दिएको छ।<....

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन- कर्मचारीलाई घरबाटै काम लगाउनू
फाइल

काठमाडौं, साउन २५ :  कोरोना संक्रमणको जोखिम बढेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गराउन निर्देशन दिएको छ।

राष्ट्र बैंकले आइतबार विज्ञप्ति जारी गरी अत्यावश्यक शाखाहरुमा न्यूनतम् कर्मचारीबाट सेवा प्रवाह गर्न र बाँकी काम कर्मचारीलाई घरबाटै गराउन निर्देशन दिएको हो। 

कोभिड संक्रमणको सुरक्षा सम्बन्धी नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।  जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा निरन्तरताका लागि कर्मचारीलाई आलोपालो रुपमा काम गराउन वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन छ।  

संक्रमण जोखिम बढिरहेकाले विद्युतीय माध्यमको कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको आग्रह छ।  

हेर्नुस् विज्ञप्ति : 

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्