Kathmandu Press

राष्ट्रियसभाका चारै समितिका सभापतिले लिए शपथ

काठमाडाैं, साउन २५ :  राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारमा आइत....

राष्ट्रियसभाका चारै समितिका सभापतिले लिए शपथ

काठमाडाैं, साउन २५ :  राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारमा आइतबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित समितिका सभापतिलाई शपथ खुवाएका हुन्।

विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट र राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापतिमा दिलकुमारी रावल सभापतिमा निर्विरोध भएका थिए।

राष्ट्रियसभाका विषयगत समितिका सभापतिको चयन प्रत्येक दुई-दुई वर्षमा हुने व्यवस्था छ। निर्वाचित सभापतिमध्ये नेकपाका दुई र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका एक जना छन्। पुनःनिर्वाचित सभापति बिडारी भने राष्ट्रपतिबाट मनोनीत सांसद हुन्।

प्रकाशित मिति: १५:१६ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्