Kathmandu Press

बाँकेमा थप २० जनामा कोरोनाको संक्रमण पुष्टि

नेपालगञ्ज, साउन २५ :  बाँकेमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ....

बाँकेमा थप २० जनामा कोरोनाको संक्रमण पुष्टि
फाइल

नेपालगञ्ज, साउन २५ :  बाँकेमा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

आइतबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप २० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि हुनेहरु नेपालगञ्ज उपमहानगरपालिकाका १५ जना र कोहलपुर नगरपालिकाका पाँच जना रहेका छन्। 

अस्पतालका अनुसार तीन सय जनाको पीसीआर परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको हो। पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएपछि बाँकेको नेपालगञ्जमा मंगलबार रातिसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ भने नेपालगञ्ज बजार सिल गरिएको छ। 

प्रकाशित मिति: १४:२८ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्