गण्डक अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज, साउन २५ : पर्साको वीरगञ्जस्थित गण्डक अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार राति ....

वीरगञ्ज, साउन २५ : पर्साको वीरगञ्जस्थित गण्डक अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार राति गण्डक अस्पातल वीरगञ्जमा मृत्यु भएकी वीरगञ्ज महानगरपालिका–२ छपकैयाकी २० वर्षीया युवतीमा कोरोनाको संक्रमण पुष्टि भएको हो। ती युवतीको अस्पताल पुर्याउना साथ गएराति सवा १ बजे मृत्यु भएको थियो।
मृत्यु भएपछि स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण पुष्टि भएको गण्डक अस्पतालका चिकित्सक डा. जेपी जैसवालले जानकारी दिए।
कोरोना संक्रमणबाट योसँगै पर्सामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
प्रकाशित मिति: १३:५८ बजे, आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










