Kathmandu Press

माग सम्बोधन गर्न सरकार सहमत भएपछि ई:ले तोडे अनशन

काठमाडाैं, साउन २५ : सरकारसँगको सहमति पछि इनफ इज इनफका अभियन्ता ई :ले अनशन तोडेका छन्। 

२३ दिनदेखि अनसनमा रहेका ई: ले स्वास्थ्य मन....

माग सम्बोधन गर्न सरकार सहमत भएपछि ई:ले तोडे अनशन

काठमाडाैं, साउन २५ : सरकारसँगको सहमति पछि इनफ इज इनफका अभियन्ता ई :ले अनशन तोडेका छन्। 

२३ दिनदेखि अनसनमा रहेका ई: ले स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसँग सहमति गर्दै आइतबार अनशन तोडेका हुन्। इनफ इज इनफ अभियन्ता र सरकारबीच १२ बुँदे सहमति भएको छ।  

सहमतिमा क्वारेन्टाइन व्यवस्थापन गर्ने, जोखिम समूहमा रहेकाको पिसिआर निःशुल्क गर्ने, दक्ष जनशक्ति र उपलब्ध स्रोत–साधनलाई कोभिड–१९ व्यवस्थापनमा परिचालन गर्ने, फ्रन्टलाइनमा खटिएकाको सुरक्षामा विशेष ध्यान दिने र सचेतना कार्यक्रम फैलाउनेलगायत विषयमा सरकारसँग सहमति भएको छ । 

यसबाहेक विज्ञहरूसँगको छलफल र अन्तर्राष्ट्रिय अभ्यास हेरेर आरडीटी परीक्षण गर्ने, स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) उपलब्ध गराउने, संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्र्याक ट्रेसिङ व्यापक बनाउने विषयमा मन्त्रालयसँग सहमति जुटेको अनशन तोडेका  ईःले जानकारी दिए।
 
ई: सँग सहमतमिका लागि शुक्रबार र शनिबार स्वास्थ्य मन्त्रालयका तर्फबाट स्वास्थ्यविज्ञ सल्लाहकार जनस्वास्थ्यविद् डा. खेम कार्की तथा अभियन्ता आलोक सुवेदी, सञ्जय अधिकारी र चिकित्सा मानवशास्त्री डा. सचिन घिमिरेबीच छलफल भएको थियो।

त्यसअघि अभियानका प्रतिनिधि र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग १६ र उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग १८ साउनमा छलफल भएको थियो। छलफलमा मन्त्रीद्वयले माग पूरा हुने भन्दै अनशन तोड्न आग्रह गरेका थिए।

प्रकाशित मिति: १३:३७ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्