Kathmandu Press

बाँकेको घरेलु कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं, साउन २५ : बाँकेको नेपालगन्जस्थित घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत हुकुमबहादुर ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

उनल....

बाँकेको घरेलु कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं, साउन २५ : बाँकेको नेपालगन्जस्थित घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत हुकुमबहादुर ओलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

उनले सेवाग्राहीबाट ९६ हजार तीन सय रुपैयाँ घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो । उनले ठेक्का पट्टाको अनुमति–पत्र (लाइसेन्स) बनाउन सहजिकरण गर्दिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए।

अनुसन्धानका क्रममा सेवाग्राहीले पूरै कागजात पेश नगरेको र बाँकी रहेका कागजातहरु पेश नगरे काम नहुने डरत्रास देखाइ आवश्यक मेसिन÷उपकरण किनेको कागजात आफै बनाइदिने भन्दै ओलीले घुस मागेका थिए।

अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाही गर्न माग राखी विषेश अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो।

प्रकाशित मिति: १३:३७ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्