रौतहटमा लागूऔषधसहित तीन जना पक्राउ
रौतहट, साउन २५ : रौतहटको चन्द्रपुर नगरपालिका–४ चपुरबाट अवैध लागूऔषध र नगदसहित तीन जना पक्राउ परेका छन्।
तनहुँको दुलेगौडा नगरपालिका&nda....

रौतहट, साउन २५ : रौतहटको चन्द्रपुर नगरपालिका–४ चपुरबाट अवैध लागूऔषध र नगदसहित तीन जना पक्राउ परेका छन्।
तनहुँको दुलेगौडा नगरपालिका–४ बस्ने २८ वर्षीय महम्मद मुर्तुजासहित तीन जनालाई लागूऔषध र नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। ग.२ च ३९७५ नम्बरको कारमा चार वटा एक सय एमएलको अनरेक्स, एक बोतल पाँच सय एमएलको लागूऔषध जस्तो गन्ध आउने तरल पदार्थ बरामद गरेकाे छ।
त्यस्तै, दुई बोतल दुई सय ५० एमएलको लागूऔषध जस्तो गन्ध आउने तरल पदार्थ तथा ५० हजार नेपाली रुपैयाँ, ४५ हजार भारतीय रुपैयाँ र एकको दरका १६ थान अमेरिकी डलर लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ।
त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–६ का २३ वर्षीय विराज बिकलाई करिब सात सय १० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।











