Kathmandu Press

बुद्धको जन्मस्थलबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं, साउन २५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

<....

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुद्धको जन्मस्थानबारे भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्ति आपत्तिजनक रहेको बताएका हुन्। जयशंकरको बुद्ध महान भारतीय नागरिक भन्ने अभिव्यक्ति आएपछि शर्माले विरोध गरेका हुन्। जयशंकरले शनिबार आयोजित एक भर्चुअल सम्मेलनमा गौतम बुद्धबारे विवादित अभिव्यक्ति दिएका थिए।

‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन्। त्यो भाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ,’ प्रवक्ता शर्माले समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन।'

प्रकाशित मिति: १२:०६ बजे, आइतबार, साउन २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्