दुर्घटनामा लेखापालसहित दुईको मृत्यु
धनगढी, चैत १२ : मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–९ बल्मीमा ....

धनगढी, चैत १२ : मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेल्धुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से ३ प ९४२९ नं.को मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे १ ख १४१४ नं.को मिनीट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परी गम्भीर घाइते दुवैको सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । मिनीट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)