पर्सा, बारा र सर्लाहीमा प्रहरीसहित ७५ जनामा कोरोना
वीरगञ्ज, साउन २५ : प्रदेश २ का तीन जिल्लामा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गएराति....

वीरगञ्ज, साउन २५ : प्रदेश २ का तीन जिल्लामा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अस्पतालका अनुसार संक्रमितमध्ये नौ जना प्रहरी रहेका छन्।
संक्रमितहरुमध्ये ७१ जना पर्साका रहेका छन्। उनीहरुमध्ये अधिकांश वीरगञ्जका रहेको अस्पतालले जनाएको छ। त्यस्तै, तीन जना बारा र एक जना सर्लाहीका हुन्।
संक्रमितहरुमध्ये १५ जना महिला र ६० पुरुष रहेका छन्। उनीहरुमध्ये आठ जनामा कोरोनाको लक्षण देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए।
उनका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्दा २९ जनामा संक्रमण देखिएको हो। त्यस्तै, आफैले पैसा तिरेर परीक्षण गरेका ११ जनामा पनि कोरोना देखिएको छ।
कोरोना संक्रमण देखिएका नौ जना प्रहरी जिल्ला प्रहरी कार्यालय, पर्सामा कार्यरत रहेका छन्। उनीहरुको सम्पर्कमा आएका अन्य प्रहरीलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।











